युरोलोजी विशेषज्ञ सम्मेलन धरानमा हुने

0
348

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देशी तथा विदेशी युरोलोजी विशेषज्ञहरु आउने भएका छन् । प्रतिष्ठानको सर्जरी बिभाग अन्तर्गत यूरोलोजी डिभिजनले फेव्रुवरी १६ मा नेपाल एसोशिएसन अफ युरोलोजिकल सर्जनसको ३ दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएपछि भारत, चीन, अमेरिका, टर्की, सिंगापुर, थाईल्याण्ड, म्यानमार, बंगलादेश, फिलिपीन्स र नेपालका अति बिशिष्ट यूरोलोजी बिशेषज्ञहरु सम्मेलनमा सहभागी हुन आउने भएका हुन् ।
सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट करीब २०० विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहने डिभिजका अध्यक्ष प्रा.डा. सि.एस. अग्रवालले बताए । उनका अनुसार सम्मेलनमा विश्वका बिकासशील राष्ट्रहरुमा २१औ शताब्दीको यूरोलोजी २१ सेन्चुरी युरोलोजी इन द डेभ्लोपिङ वल्र्ड बिषयमा सम्मेलन केन्द्रित हुने छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट आएका यूरोलोजी विशेषज्ञहरुले यूरोलोजीसंग सम्बन्धित लेप्रोस्कोपिक तथा इण्डोशल्यक्रिया विधिद्धारा गरिने विभिन्न शल्यक्रियाको प्रत्यक्ष पर्दशन गर्ने कार्यक्रम रहेको छ ।

Advertisements

LEAVE A REPLY