तोकिएकै मितिमा स्ववियू चुनाव गर्न माग

0
333

काठमाडौं -विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठकले तोकिएकै मितिमा निर्वाचन गर्न माग गरेको छ । शनिबार अनेरास्ववियूको कार्यालय काठमाडौंमा बसेको क्रियाशील बिद्यार्थी संगठनको संयुक्त बैठकले त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको फागुन १४ गते स्ववियू चुनाव गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

Advertisements

विद्यार्थी संगठनहरुले फागुन १ गतेदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन पनि त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरेको छ ।

साथै बिद्यार्थीहरुले केही क्याम्पसहरुमा आचारसंहिता विपरीत एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएको भन्दै त्यस्ता भर्नाहरु छानविन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारवाही गर्न पनि माग गरेको छ ।

देशका कतिपय क्याम्पसहरुमा केही असहज स्थिति देखिएको भन्ने रिपोर्ट आएकाले सम्बन्धित क्याम्पसहरुले छलफल गरी निकास निकाल्न अनुरोध गर्दै विद्यार्थीहरुलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न अपिल गरेको छ ।

महाधिवेशनको कारण देखाउदै विप्लब नेतृत्वको माओवादी र राप्रपा सम्बद्ध विद्यार्थी संठनले निर्वाचन पछि सार्न माग गरेका छन् । उनीहरुले निर्वाचन एक साता पछि सार्न माग गरेका छन् । बैठकले विद्यार्थीलाई निर्वाचनमा भाग लिन, विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न पनि अपिल गरेको छ । संयुक्त बैठकमा सहभागी दुई विद्यार्थी संगठनले भने निर्वाचन समानुपातिक र समावेशी प्रणालीबाटै गराउनुपर्ने भन्दै विरोध गरेका छन् । उनीहरुले माग पुरा नभए निर्वाचन कार्यतालिका लागु हुन नदिने भन्दै प्रतिरोधात्मक कार्यक्रम गर्ने चेतावनी दिए ।

यसअघि विभिन्न आठ वटा विद्यार्थी संगठनले स्ववियु निर्वाचन पुर्ण समानुपातिक तथा समावेशी हुनुपर्ने भन्दै घोषित निर्वाचको निर्वाचनको विरोध गरेका थिए । ती मध्य ६ वटा संगठन निर्वाचन गराउनुपर्ने पक्षमा देखिए पनि बाकी दुई अझै सहमतिमा आएका छैनन ।

LEAVE A REPLY