सेमिफाइनलमा मोरङ

0
263

फाल्गुन १, २०७३- एपीएफ क्लब काठमाडौंलाई टाइब्रेकरमा हराउँदै मोरङ ११ टिम चौथो रमपम उदयपुर गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ ।

Advertisements

गाईघाटस्थित थारुहट रंगशालामा शनिबार मोरङले टाइब्रेकरमा ३–१ ले नतिजा निकाल्यो । निर्धारित समय गोलरहित भएको हो । समय नथपेर सोझै पेनाल्टी सुटआउटमा निर्णय गरिएको थियो ।

मोरङको जितमा भुवन बस्नेत, बुद्धिमान राई र अनोस मगरले गोल गरे । एपिएफबाट एकमात्र गोल भीम श्रेष्ठले गरेका थिए ।

खेलमा दुवैले गोल गर्ने अवसर गुमाए । २३ औं मिनटमा एपिएफका हरि कार्कीले प्रहार मोरङका गोलकिपरले कठिनसँग बचाए । दोस्रो हाफमा मोरङका खेलाडीले गतिलो प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । खलको म्यान अफ द म्याच मोरङका बुद्धिमान राई भए । उनले ५ हजार हात पारे । आइतबार झापा र रुपन्देहीबीच खेल हुनेछ ।

LEAVE A REPLY