उत्तर कोरियाद्वारा फेरी मिसाइल परीक्षण

0
279

फागुन, काठमाडौं । विश्व समुदायको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाका सेनाको दाबी अनुसार स्थानीय समयअनुसार सात बजेर ५५ मिनेटमा ब्यालेस्टिक मिसाइल परीक्षण गरिएको हो ।

Advertisements

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि उत्तर कोरियाले यस प्रकारको परीक्षण गरेको यो पहिलोपटक हो ।

अधिकारीहरुका अनुसार मिसाइलको दिशा पूर्वमा जापानी सागरतर्फ पाँच सय किलोमिटरसम्म थियो ।

उत्तर कोरियाले गत वर्ष पाँच वटा मिसाइल परीक्षण गरेको थियो । विश्व समुदायले व्यालेस्टिक मिसाइल परीक्षण नगर्न आग्रह गर्दै आए पनि उत्तर कोरियाले लगातार परीक्षण गर्दै आएको छ र त्यससँगै उसले आक्रामक बयान समेत दिने गरेको छ ।

अमेरिकी सुरक्षा अधिकारीहरुले समाचार एजेन्सी रोयटर्ससँग भनेका छन् वाशिङ्टन उत्तर कोरियाको मिसाइल परीक्षण पुष्टीको पूरा जानकारी लिएपछि मात्र हुनेछ । दक्षिण कोरिया सरकारले राष्ट्रिय सुरक्षाबारे छलफल गर्न एक बैठक बोलाएको छ । यस बैठकमा उत्तर कोरियाले यस मिसाइ परीक्षणबारे छलफल हुने छ ।

उत्तर कोरियाका नेता किम जोंग उनले गत जनवरीमा लामो दुरीको मिसाइल परीक्षण गर्ने अन्तिम तयारीमा भइरहेको बताएका थिए ।

पछिल्लो हप्ता अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले दक्षिण कोरियाको भ्रमण गरेका थिए र उनले भनेका थिए यदि उत्तर कोरियाले परमाणु हमलाको दुस्साहस गरेमा कडा जवाफ  पाउनेछ । उनले दक्षिण कोरियामा अमेरिकी मिसाइल रक्षा प्रणालीको तैनाथ गरेको पुष्टी समेत गरेका थिए ।

उत्तर कोरियाले पछिल्लो साता आफ्ना पाँच परमाणु परीक्षण गरेको थियो । उसले यो पनि भनेको थियो की उ अमेरिकामा परमाणु आक्रमण गर्न अब सक्षम छ ।उद्यपी सुरक्षा विशेषज्ञहरुले भने अमेरिकामाथि परमाणु आक्रमण गर्ने क्षमताको विकास उत्तर कोरियासँग नभइसकेको बताएका छन् ।

LEAVE A REPLY