ट्रम्पको पुत्ला दहन ‘अमेरिका मुर्दाबाद’को नारा,

0
273

२९ माघ, काठमाडौं । अमेरिका मुर्दाबादको नारा लगाउँदै हजारौं इरानीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अमेरिकी राष्ट्रपति ट्रम्पको पुत्ला पनि जलाएका छन् ।

Advertisements

धार्मिक नेता अयातुल्लाह अली खामेनीको आहृवानमा हजारौं इरानी प्रदर्शनमा उत्रिएका हुन् ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसहित सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका छन्, जुन कार्यान्वयन गर्न अदालतले अन्तरिम रोक लगाएको छ ।

धार्मिक नेता खामेनीले भने इरानी नागरिक अमेरिकाका लागि खतरा नभएको भन्दै प्रदर्शनका लागि आहृवान गरेका थिए ।

तेहरानबाट सुरु भएको प्रदर्शन आजादी (स्वतन्त्रता) स्वास्क्वायरतर्फ अघि बढेको थियो ।

त्यहाँको सरकारी टीभीका अनुसार प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए ।

LEAVE A REPLY