नेपाली कांग्रेसका सभापति देउवाको विज्ञप्ति: प्रहरी प्रमुख नियुक्तिमा मेरो संलग्नता छैन

0
238

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको प्रमुख नियुक्तिमा आफूलाई जोडिएको भन्दै आपत्ति जनाएका छन् ।जबकी चन्दलाई आईजीपी बनाउन देउवाले दबाव दिएको खबर लगातार आइरहेको थियो ।

Advertisements

निजी सचिव केशवराज जोशीमार्फत जारी विज्ञप्तिमा कांग्रेस सभापति देउवाले भनेका छन्, ‘प्रहरी महानिरीक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय हो । त्यस विषयमा नेपाली कांग्रेसको पार्टी सभापतिको नाताले मेरो संलग्नता कुनै पनि रुपमा रहदैन र छैन ।’देउवाले सम्वन्धी पक्षसँग बुझेर सत्य, तथ्य समाचार प्रकाशित गर्न अनुसार पनि गरेका छन् ।

LEAVE A REPLY