अवको विकल्प-विवेकशील नेपाली

0
1373

शेषु कोईराला/

नैतिक धरातल नछोईकनै गरेको राजनिती अन्ततः घृणीत खेल बन्न पुग्छ ।आज राजनैतीक खोल ओडेर देश लुटने ,कानून बरीयता मिचेर काम गर्ने हरूको जमात ठुलै छ ।मान्छेहरू यस्तै गर्दै जिविका चलाईरहेकै छन। पेशा ब्यावसाय केही छैन तर महंगा गाडी पनी चढेकै छन, आलीशान बंगला मा पनि बसेकै छन ।जनता उनैलाई भगवान मान्दै पुज्न बाध्य छन ।जनताको वास्तवीक समस्या मा कसैलाई चासो छैन ब्यक्तीगत प्रगती नै प्राथमिकता मा छ ।देश को सम्मानीत पदमा आसीन ब्यक्तीहरू को नाम तस्करीमा जोडीएर आउछ तर त्यसको कुनै तुक हुदैन जसले जे चाह्यो त्यही गर्दा हुन्छ ।सर्वसाधारण का लागी कानुन छ ठुलाबडाका लागी चयन छ ।यस्तै बेथीती मा गुज्रीएको छ देश ।
हामी बैदेशीक रोजगारीमा छौ ।देशको जनशक्ति विदेशीने क्रम बढदो छ। नबिदेसिउन पनि कसरी त? आदर्श छाटेर मात्रै भएन आसालाग्ने ठाउ कतै देखीदैन ।मेहनत गरेर खाने वातावरण पनि छैन ।भोको पेटले गरीने खोक्रो आदर्शबाद को पछाडी लागेर कतिसम्म पो टिक्न सकिन्छ र? पारिवारिक जीम्मेवारी बढेसंगै आर्थिक भार पनि बढदछ,औकात भन्दा बढता सामाजीक परीबेश यस्तै धेरै कारण ले मान्छे भौतारीदै विदेशीन पुग्छ यसले कती हानी पुर्याएको छ त्यसको कुनै लेखाजोखा नै छैन ।पारीवारीक संरचना पुरै ध्वस्त बनाएको छ ।सामाजिक आदर्श लाई धुजाधुजा बनाएको छ ।तर जनताका यी समस्या कुनै वास्तैनगरी नेपाल आमा लाई लुछीलुछी सीध्याउदै भुतनाच नाचीरहेछन राजनैतीक दल ।।
आफ्नै दल को बिधान नमान्नेहरू किन कानुन का गफ चुटनु ,आफैले बनाएको संवीधान कार्यावन हुदैन की भन्ने डर छ भन्दै जनतालाई गुमनाम राख्ने षडयन्त्र गर्नु,कार्यावन गर्ने निकाय मा आफै अनी यस्तो गर्नुप्रछ उस्तो गर्नुप्रछ भन्दै भाषण चुटने हरूको कार्यसैली ले वाक्क भएका यूवा देश लाई अब एउटा गती मा दौडाउनु जरूरी छ भन्ने जनता र साच्चीकै मेरो देश मेरै पालामा समृद हुनुप्रछ भन्ने मनमा राखेका यूवा हरूको जमात नै विवेकशील नेपाली हो ।
विवेकशील नेपाली र अरू दल मा आकास पाताल कै अन्तर देख्छु ।आज देश राणा सासन फाल्नका लागी जेल परेका पञ्चायत फाल्नका लागी लडेका र बहुदल प्राप्तीका लागी आन्दोलन मा होमीएका हरूको योगदान को कदर गर्दागर्दै रित्तीन थालेको छ ।समय मौसम चिन्नै सकेका छैनन दल हरूले पुराना नेताहरूको देश को निश्चीत कालखण्डमा योगदान छ तर वहाहरूमा अबको नेपाल हाक्ने क्षमता र नया सोच छैन ।पुरानै सोचाई छ पुरानै चाकरी र लम्पसारबाद अबका जनतालाई मान्य छैन ।जनतामा पनी समय अनुसार चेतना आउन जरूरी छ नेताको झोलाबोकेर आफ्नो ब्यक्तीगत स्वार्थ पुरामात्रै गर्ने कार्यकर्ता ले पनी सोच्नुप्रछ की अब तपाईको सन्तती ले पनी भ्रस्ट नेताको झोला बोकी हिडने की ऊज्यालो नेपाल खोज्ने ।
विवेकशील नेपाली एउटा एस्तो पार्टी हो जुन राजनैतीक संस्कार बसाल्न चाहान्छ ।पार्दसीता सहीत को राजनीती गर्न चाहान्छ ।आफ्नो घर चलाउन आफ्नै काम गर्नुप्रछ र राजनीती सेवा का लागी गर्नुप्रछ र गर्न सकीन्छ राजनीती बिसुद्ध सेवा हो भनेर प्रमाणीत गरेर देखाउन चाहान्छ ।एउटा साझासवाल मा हेरेको थिए नेपाली कंग्रेस का बहुचर्चीत यूवा नेता भन्दै हुनुहुन्थेयो की वहा को आयस्रोत छैन दाई कमाएर वहालाई राजनीती गर्न पैसा दिनुहुन्छ रे कार्यक्रता ले सहयोग गरेर चल्नुभाछ रे यस्तो गतिछाडा र दरीद्री राजनीती वीवेकशील नेपाली लाई मान्य छैन ।कुनै पनी हालत मा स्वीकार्न सकीदैन यसले भ्रटाचार मौलाउछ ।अब यस्ता नेता का पछाडी लाग्ने जनताले के सीक्ने ,अब आफ्नो नेतालाई खुसीपार्न कार्यक्रता ले अनैतीक काम गरी सहयोग गर्नुपर्नै भयो की भएन ?
फरक स्वाद फरक सोच र फरक सैली र निश्कलंक नेतृत्व को यदी तपाईले परीकल्पना गर्नुभएको छ भने विवेकशील नेपाली लाई साथ दिनुहोस ।तपाई ले सोचेजस्तै नेपाल बनाउने हाम्रो अभीयान मा समेल भई हामीलाई उर्जा थप्ने काम गर्नुहोस ।हामी नजीक छौ हाम्रै पालामा समृद नेपाल देख्ने सपना को त्यसैले आगामी निर्वाचन मा हाम्रो पार्टी लाई भोट गरी बिजयी बनाउने अभीयान निसंकोच का साथ लाग्नुहुन नेपाल को उन्नती देख्न चाहाने संपुर्ण मा अनुरोध गर्दछु।

Advertisements

 

LEAVE A REPLY