निर्वाचन नगराए प्रचण्ड बिस्थापित -नेपाल

0
257

बुटवल । पूर्ब प्रधानमन्त्री तथा एमाले बरिष्ठ नेता माधव कुमार नेपालले निर्बाचन गराउन नसके प्रचण्डलाई प्रधानमन्त्रीबाट बिस्थापित गर्नुपर्ने बताएकाछन् । आईतबार बुटवलमा पत्रकारहरुसंग कुरा गर्दै नेता नेपालले त्यस्तो अबस्थामा प्रचण्डको बिकल्प खोजिने र कांग्रेस एमाले गठनबन्धनमा सरकार बन्न सक्ने बताए । “प्रचण्डले तत्काल चुनाव घोषणा गरे उहांका यसअघिका कमजोरी बिर्सिन सकिन्थ्यो । ” नेपालले भने “तर उहां आंट नभएको मान्छे हो । कति बेला कता कोल्टे फेर्नुहुन्छ टुंगो छै्रन्,आशा र बिश्वास कम छ ।” १ जेठमा स्थानीय निर्वाचन गराउन प्रचण्ड र ओलीबिच सहमति भएकोबारे आफूलार्ई थाहा नभएको उनले बताए । भने “सही रहेछ भने काममै सही होस । चुनाव भएमा धेरै चिन्ता हट्नेछन् ।” बिभिन्न बहाना बनाएर कांग्रेस माओबादी गठबन्धन संबिधान कार्यन्वयन र निर्वाचन जस्ता मूल दायित्वमा पन्छिईरहेको नेता नेपालले बताए ।

Advertisements

LEAVE A REPLY