बैंकको २३ लाख ४४ हजार रुपैयाँ चोरी गर्ने कर्मचारी चोरी रकमसहित पक्राउ

0
208

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको २३ लाख ४४ हजार रुपैयाँ चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । निजले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेकोभ छ ।प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले उपाध्यायले बैंकमा रहेको सिसी क्यामेरा बन्द गरी एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको बताउनुभयो।चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी एपछि बैंकले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो । रासस

Advertisements

 

LEAVE A REPLY