फुटबल खेलाडीलाई ३–३ लाखको सम्मान: प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तान्तरण

0
210

एएफसी सोलिडारिटी कप विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले अन्ततः सरकारबाट घोषित पुरस्कार प्राप्त गरेका छन्।

Advertisements

तीन महिनाअघि मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कप जितेर नेपाली फुटबलले इतिहास रचेको थियो। नेपालले एएफसीबाट मान्यता प्राप्त प्रतियोगिता पहिलो पल्ट जितेको थियो। यसबापत खेलाडीलाई सरकारले तीन–तीन लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

जुन सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले खेलाडीलाई हस्तान्तरण गरे। प्रधानमन्त्री दाहालले ३ लाखको चेक र प्रशंसापत्रसहित राष्ट्रिय टोलीका सदस्यलाई सम्मान गरेका थिए।

सरकारले पुस ७ गते खेलाडीलाई सम्मान गर्ने घोषणा गरेको थियो। सोमबार आयोजित सम्मान कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट पनि उपस्थित थिए।

नेपालले फाइनलमा मकाउलाई १–० ले पराजित गरेर ऐतिहासिक जित हात पारेको थियो। सम्मानित हुने खेलाडीमा कप्तान अनिल गुरुङ, उपकप्तान विराट महर्जन, गोलकिपर विकेश कुथुलगायत किरण लिम्बु, रविन श्रेष्ठ, अनन्त तामाङ, दीप्क गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल श्रेष्ठ, नवयुग श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल, रञ्जित धिमाल र सुमन लामा थिए।

स्पेनमा दुई महिना प्रशिक्षणमा रहेका कारण विमल घर्तीमगर, अञ्जन बिष्ट र अनन्त तामाङ भने सम्मान कार्यक्रममा अनुपस्थित थिए। –

 

LEAVE A REPLY