अमेरिकाकै ठूलो बाँध भत्किने खतरा

0
207

अमेरिका – अमेरिकाको उत्तरी राज्य क्यालिफोर्नीयामा रहेको अमेरिकाकै ठूलो बाँध भत्किने खतरा देखेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १ लाख ८० हजार मानिसलाई त्यस क्षेत्र खाली गरी सुरक्षित स्थानतर्फ जान प्रशासनले भनेको छ ।

Advertisements

७ सय ७० फिट अग्लो ‘ओरोभिले’ बाँधको आपतकालिन निकास नजिर्क ठूलो प्वाल परेर पानी बगरिहेकोले बाँध भत्किन लागेको अधिकारीले बताएका छन् ।

लामो खडेरीपछि भएको ठूलो बर्षात् र हिउँका कारण बाँधमा पानीको सतह बढेको थियो । पानीको सतह बढेपछि बाँधको कमजोर भागमा प्वाल परेको छ ।

क्यालिफोर्नीया जलस्रोत विभागका अनुसार ५० बर्ष लामो इतिहासमा ओरोभिले तालको बाँधमा यस्तो आपतकालिन अवस्था आएको पहिलोपटक हो ।

LEAVE A REPLY