भिरबाट लडेका दाजुलाई बचाउन खोज्दा दाजुभाइकै मृत्यु

0
219

संकल्प पोस्ट,

३ फाल्गुन २०७३
काठमाडौँ

Advertisements

बैतडीको गाँजरीमा भिरबाट लडेर दाजुभाइको मृत्यु भएको छ । गाँजरी गाविस.२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाई परे धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले सोमबार साँझ दुदिलाखान बजारबाट घरजाने क्रममा स्थानीय भानु भिरबाट खसेर उनीहरुको ज्यान गएको बताए ।

दाई करे भिरबाट लड्दा भाइ परेले बचाउन खोज्दा दुबैजना भिरवाट लडेर घटनास्थलमै ज्यान गएको स्थानीयले बताए ।

LEAVE A REPLY