तीनवटै चुनाव एक बर्षमा

0
212

काठमाडौ– सत्ता साझेदार नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्ष भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरि छाड्ने प्रतिवद्धता जनाएका छन् । काठमाडौमा प्रज्ञा दर्शन नामक पुस्तकको विमोचन गर्दै सभापति देउवाले आगामी माघ ७ गते भित्र तीन वटै तहको निर्वाचन सम्पन्न नभए मुलुक संवैधानिक संकटमा फस्ने भनदै सचेत हुन सवैलाई सुझाव दिए ।

Advertisements

देउवाले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पनि मिनि राष्ट्रिय चुनाव भएको भन्दै त्यसमा जितेर देखाउन नेपाल विद्यार्थी संघका नेताहरुलाई निर्देशन दिए ।

कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले स्थानीय निर्वाचनको मिति तोक्न ढिलाई भएको भन्दै गुनासो गरे । उनले स्थानीय निर्वाचन सम्पन्न भईसकेपछि मात्रै प्रदेशहरुको सिमांकनको विषयमा छलफल गर्न सकिने पनि स्पष्ट पारे । महामन्त्री कोइरालाले स्थानीय निर्वाचन सम्पन्न गरेर मात्रै मधेशवादी दलहरुले उठाएको सिमांकन हेरफेरसम्बन्धि प्रस्ताव अघि बढाउन सकिने बताए ।

LEAVE A REPLY