सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

0
249

न्डन (एन्जेसी)– म्यानचेस्टर सिटी सोमबार बोर्नमाउथलाई २–० ले हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले एक गोल गरे भने अर्को गोलका लागि भूमिका खेले ।

Advertisements

city
लेरोय सानेको क्रसममा स्टेर्लिङले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै बोर्नमाउथले खेललाई बराबरीमा पुर्याएको थियो । तर, जोसाउ किंगको गोल रेफ्रीले मानेनन् । घरेले टोली बोर्नमाउथले दोस्रो हाफमा उच्च प्रदर्शन गर्नाका वावजुद गोल फर्काउन सकेन । ६७ औं मिनेटमा गरेको प्रयास पनि सफल भएन । त्यसको एक मिनेटपछि टोली आत्मघाती गोलको शिकार बन्यो र सिटीले २–० को अग्रता बनायो । स्टेर्लिङको क्रसमा आएको बल रोक्ने क्रममा टेरोने मिग्सले आफ्रनो पोस्टमा गोल गरे ।
जितपछि दोस्रो स्थानमा उक्लेको सिटी शीर्षस्थानको चेल्सी (६० अंक) भन्दा अझै ८ अंकले पछाडी छ । रेलिगेसन क्षेत्रमा रहेका टोलीको भन्दा ६ अंक बढी रहेको बोर्नमाउथ चौधौं स्थानमा छ । सिटी माथि उक्लेपछि टोटेनह्याम (५० अंक) तेस्रो स्थानमा झरेको छ भने आर्सनल (५० अंक) चौथो स्थानमा पुगेको छ ।

LEAVE A REPLY