कार्यशाला गोष्ठी सम्पन्न

0
202

 

पुजा तिमिल्सीना
काठमाडौँ ,३ फाल्गुन
मानव विकास तथा जागरण मञ्चद्धारा आयोजित नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार र कानुनी व्यवस्था बारे राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा काठमाडौँ लगायत मोरङ, बाकेँ , कैलाली र कास्की जिल्लाहरुमा सम्पन्न भएका कार्यशाला गोष्ठीहरुबाट उठेका युवा महिला आवाज र राष्ट्रिय तथा अन्र्ताराष्ट्रिय कानुनी अवस्थाबारे छलफल गरिएको थियो ।
कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै मञ्चका उपाध्यक्ष सुनिता अधिकारले आर्थिक , सामाजिक , राजनीतिक सशतिmकरण तथा बालबालिका , युवा, महिलालाई केन्दि«त गरी जनचेतना, तालिम र वकालतसम्बन्धी विभिन्न कार्यक्रमहरु मञ्चले गर्दै आएको जानकारी दिनुभयो ।
गोष्ठीको अन्त्यमा पाँचबाट क्षेत्रबाट आएको सचेतनामूलक सुझावमाथि गहन छलफल गरी युवा महिला सशतिकरण सम्बन्धी आगामी रणनीतिको निक्र्यौल र निष्र्कष सहितको घोषणपत्र जारी गरिएको थियो ।

Advertisements

LEAVE A REPLY