ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनद्वारा राजीनामा

0
226

रसियासँगको सम्बन्धलाई लिएर विवादास्पद बनेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजीनामा दिएका छन्l मुस्लिमलाई अमेरिका प्रवेशमा बन्देज लगाउने निर्णयलाई अदालतले रोकेपछि फ्लिनको राजीनामा प्रकरण ट्रम्प सरकारलाई दोश्रो झट्का होl

Advertisements

ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै उनका सहयोगीका रुपमा रहेका फ्लिनले अमेरिकाका लागि रसियन राजदूतसँग कुराकानी गरेका थिएl अमेरिकाले रसियामाथि लगाएको नाकाबन्दीबारे कुराकानी गरेको तर त्यसको विस्तृत विवरण सरकारलाई नदिएको आरोप लागेको थियोl शुरुमा उनले रसियन राजदूत सेर्गे किस्ल्याकसँग नाकाबन्दीबारे विस्तृत वार्ता आफूले नगरेको बन्दै उक्त आरोप खण्डन गरेका थिएl

तर अमेरिकाको जस्टिस डिपार्टमेन्टले फ्लिनले रसियाका राजदूतसँग गरेको कुराकानीको विस्तृत विवरण सरकारलाई जानकारी नदिएको सरकारलाई बताएको थियोl त्यसबाट रसियाले फ्लिनलाई ‘ब्ल्याकमेल’ गर्न सक्ने ‘जस्टिस डिपार्टमेन्ट’को धारणा थियोl   राजीनामा दिँदै फ्लिनले समय र तनावका कारण उक्त कुराकानीबारे पूर्ण विवरण सरकारलाई नदिएको भनेका छन्l त्यसबारे उनले सरकारसँग माफी पनि मागेका छन्l

LEAVE A REPLY