निकिता ख्रुश्चेबको गोप्य भाषण

0
288

जिवा लामिछाने /

सोभियत नेता निकिता ख्रुस्चेबले सन् १९५६ मा कम्युनिस्ट पार्टीको बीसौं महाधिबेसनको बन्द सत्रमा प्रतिनिधिहरु समक्ष गरेको सम्बोधनलाई ‘ख्रुश्चेबको गोप्य भाषण’का नामले इतिहासमा सम्झने गरिन्छ ! सोभियत समर्थक वार्सा सन्धि संगठन मुलुकहरु र अमेरिका लगायत पश्चिमी बिस्वमा निक्कै ठुलै हलचल पैदा गरेको त्यस गोप्य भाषण सम्बन्धि कतिपय रमाइला प्रसंगहरु अझै पनि सुनिन्छन !

Advertisements

सन् १९८९ मा मिखाइल गोर्बचोभले ख्रुस्चेबको उक्त गोप्य भाषण पहिलो पटक सार्वजनिक गरेका थिए !

त्यस सम्बोधनमा ख्रुस्चेबले तिन बर्ष अघि दिवंगत सोभियत नेता जोशेफ स्टालिनले आफ्नो शासनकालमा गरेका ज्यादतीहरुको उछित्तो काडेका थिए ! चरम अधिनायकबादी शैलीमा २९ बर्षसम्म एकछत्र शासन गरेका आफ्नै नेतालाई हत्यारा, उत्पीडक, टर्चरर भनेर सम्बोधन गर्दा उनले निक्कै ठुलो जोखिम मोलेका थिए किनकि सिपिएसयुको तत्कालिन पोलिटब्युरोमा स्टालिनको ज्यादतीमा सहभागी भएका र उनलाई त्यसो गर्न उकस्याउने सदस्यहरु कै बोलबाला थियो ! त्यस अर्थमा त्यो भाषण पछी उनको राजनतिक जीवन नै समाप्त पनि हुन सक्थ्यो !

आफ्नो सम्बोधनमा उनले स्टालिनको रेड आतंकको भत्सर्ना गरे जसका कारण पार्टीका लाखौँ कार्यकर्ता, बैज्ञानिक, प्रबुद्धबर्ग तथा सर्बसाधारण कार्यकर्ताहरु निर्वासित वा मारिनु परेको थियो ! स्टालिनको असावधानी र असफल ब्यबस्थापन का कारण दोश्रो बिश्व युद्दमा सोभियत संघले अपार धन-जनको क्षति व्योहोर्नु परेको उनलाई अभियोग लगाइयो ! त्यसैगरी दोश्रो बिश्वयुद्दमा नाजी सेनालाई सहयोग गरेको आरोपमा स्टालिनले चेचेन, ईन्गुश, काल्मिक आदि अल्पसंख्यक समुदायलाई साइबेरिया कठोर श्रम शिबिरमा निर्वासन पठाएको बिषयलाई पनि भत्सर्ना गरिएको थियो ! स्टालिनका धेरै ज्यादतीहरुको बिरोध गरे पनि लियोन ट्रास्की लगायत केहि प्रभावशाली नेताहरुको स्टालिनले गराएको हत्या र किसानबर्गको सर्वनाश गराउने उनको सामुहिक कृषी योजनाका बारेमा ख्रुशेच्बले केहि बोलेका थिएनन !

त्यस भाषण पछी लेनिन मौजालियम संगै राखिएको स्टालिनको शवलाई त्यहाँबाट निकालेर क्रेमलिनको पर्खालमा समाधिस्त गरिएको थियो !

ख्रुस्चेबको गोप्य भषण पछी नै नेपालको कम्युनिट आन्दोलनमा फूटको शृंखला सुरु भएको थियो।

LEAVE A REPLY