निर्वाचन हुन नदिन शृंखलावद्ध प्रयास : एमाले

0
228

      संकल्प पोष्ट,

४ फाल्गुन २०७३ काठमाडौं । नेकपा एमालेले मुलुकमा निर्वाचन हुन नदिन शृंखलावद्ध प्रयास भइरहेको भन्दै दुःख व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको पार्टी स्थायी कमिटीको बैठकले फागुन १४ गते त्रिभुवन विश्वविद्यालयअन्र्तगतका क्याम्पसहरूमा आयोजना हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अवरोध पु¥याउन भएका तालाबन्दीहरूप्रति ध्यान गएको बताएको हो ।

Advertisements

“मुलुकमा कुनै पनि खालका निर्वाचन हुन नदिने षडयन्त्रस्वरूप यस्ता क्रियाकलापहरु भएको ठहर गर्दै पार्टीले ती निर्वाचनहरूका लागि सहज वातावरण बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न समेत ध्यानाकर्षण गराउँदछौँ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै बैठकले ०७४ मंसिर अघि नै तीनै तहको निर्वाचन सम्पन्न गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । त्यसका लािग आवश्यक कानुनी    र राजनीतिक वातावरण मिलाउन उसले सम्झाएको हो ।

यसैगरी बैठक फागुन २१ गतेदेखि आयोजना गर्न लागिएको मेची–महाकाली राष्ट्रिय अभियानको कार्यक्रम अनुमोदन गरेको छ । उक्त                 कार्यक्रमको उद्घाटन फागुन २१ गते झापाको काँकडभिट्टामा हुने तय भएको छ । अभियान सफल पार्न बैठकले पार्टीका कार्यकर्ता, मातहत        कमिटी, जनसंगठनहरू र आम समुदायलाई हार्दिक अपिल गरेको छ ।

यसैबीच एमालेले बुधबार र बिहीबार पोलिटव्युरो बैठकको आह्वान गरेको  छ । बैठक बुधबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY