च्याम्पियन्स लिगको पहिलो लेगमा बार्सिलोनाको पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार

0
227

४ फागुन, काठमाडौं । च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ ।मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४-० पराजित भएको हो । यससागै स्बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने खतरा बढेको छ ।घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा ड्राक्सलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।दोस्रो हाफमा पनि बार्सिलोना खेलमा र्फकन सकेन । ५५ औं मिनेटमा डि मारियाले दोस्रो गोल गरे भने ७१ औं मिनेटमा काभानीले गोल गरे । र, पीएसजी ४-० ले विजयी भएको छ ।

Advertisements

LEAVE A REPLY