अवैध कारोवारको केन्द्र बन्दै भाण्टावारी

0
270

इनरुवा, ४ फागुन । पछिल्लो समय सुनसरीको भाण्टावारी अवैध कारोवारको केन्द्र बन्दै गर्दा त्यहाँबाट सशस्त्र प्रहरीको मिलोमतोमा अवैध कारोवार फस्टाएको समाचार प्राप्त भएको छ ।

Advertisements

हरिपुर सिमा नाकाबाट अवैध रुपमा भारतीय माल समान र लागु औषध ओसार पोसारको कारोवार केन्द्रको रुपमा परिचित हुदै गएको स्थानीयवासीहरुले बताएका छन् ।

सिमा सुरक्षा सशस्त्र प्रहरी बल हरीपुर, भण्टावारी सुनसरीका प्रहरीको मिलोमतोमा भारतबाट भन्सार छली गरी ल्याउने गरेको अवैध माल समानको कारोवार बढेको नाम प्रकाशित नगर्ने शर्तमा स्थानीयबासीहरुर्ले बताए ।

नेपाल र भारत बिच रहेको खुला सिमा नाकाको फाईदा उठाउदै तस्करहरुले भारतीय बजार भिमनगरबाट खरिद गरी ल्याएका मालसमान सिमा सुरक्षा सशस्त्र प्रहरी बलका हरिपुर, भण्टावारी सुनसरीका प्रहरी कर्मारीहरुको मिलोमतोमा खुलेआम नेपाल भित्राउने गरेको समाचार श्रोतको दावी रहेको छ ।

सुनसरीको हरिपुर गाविस स्थित रहेको भारतीय खुला सिमा नाका तथा चोर नाकाको प्रयोग गर्दै तस्करहरुले सशस्त्र प्रहरीको मिलोमतोमा दैनिक भन्सार नकाटी लाखौं मुल्य बरावारको भारतिय मालसमान हरिपुर नाकाबाट नेपाल भित्राउने गरेको समाचार श्रोतको दावी रहेको छ ।

सशस्त्र प्रहरीको मिलोमतोमा दर्जनौ तस्करहरुले दैनिक हरिपुर नाकाबाट भारतीय बजारबाट ल्याएका किराना समान, लत्ताकपडा, भाडावर्तन र उपभोग्य वस्तुको भन्सार नै नकाटी नेपाल भित्राउने गरेको कारण सरकारको राजश्व असुलीमा समस्या भएको स्थानीयवासीहरुको भनाई छ ।

सुनसरीको बिभिन्न भारतिय नाकाहरु मध्ये प्रमुख नाकाको रुपमा रहेको भण्टावारी र कोशी व्यारेज नाकाबाट दैनिक लाखौं रुपैँयाको भारतिय माल समान अवैध रुपमा नेपाल भित्राउने गरेको भएपनि माथिल्लो निकाय सिमा सुरक्षा तथा सशस्त्र प्रहरी बल सुनसरी, जिल्ला भन्सार कार्यालय सुनसरी र जिल्ला प्रशासन कार्यालय सुनसरी मुखदर्शक भएर टुलुटुलु हेर्नु बाहेक कार्वाही गर्न नसकिएको स्थानीयवासीहरुको आरोप रहेको छ ।

सिमा सुरक्षा तथा सिमापारीबाट हुने तस्करी नियन्त्रणका लागि खटिएका सिमा क्षेत्र हरिपुरका सशस्त्र प्रहरी कर्मचारी नै तस्करहरुसँग मिलोमतो गरी भारतीय माल समान नेपाल भित्राउन सहयोग गर्न थालेपछी शान्ति सुरक्षामा समेत प्रश्न चिन्ह तेर्सिएको छ ।

हरिपुर क्षेत्रका सिमा नाका क्षेत्रमा सशस्त्र प्रहरीको आन्तरीक मिलोमतोका कारण सुरक्षा निगरानी फितलो भई दिदाँ लागु औषधको ओसार पोसार र चोरीको घटना बढेको स्थानीयवासीहरुले प्रतिक्षणकर्मीसँग गुनासो गरेका छन् ।

हरिपुर सिमा नाकाबाट लागु औषधको ओसार पोसार तथा कारोवारमा वृद्धि भएको भएपनि सशस्त्र प्रहरीको फितलो निगरानीका कारण नियन्त्रणमा चुनौती थपिएको बुझिईएको छ । समाचार श्रोतका अनुसार उदयपुर जिल्लाको बिभिन्न क्षेत्र र सुनसरीको श्रीलंकाटप्पु क्षेत्रबाट ल्याईएको लागु औषध गाँजा रातारात हप्तामा दुई दिन हरिपुर नाका हुदै भारत पुग्ने गरेको छ ।

यस्तै भारतीय बजारबाट खरिद गरी हरिपुर नाका नै प्रयोग गरी लागु औषध कारोवारीले लागु औषध नेपाल भित्राउने गरेको बुझिएको छ । यता सिमा सुरक्षा तथा सशस्त्र प्रहरी बल हरिपुर भण्टावारीका प्रमुख प्रहरी निरिक्षक मुकुन्द जिशीले हरिपुर सिमा नाका क्षेत्रमा सशस्त्र प्रहरी बलको सुरक्षा निगरानी कडा रहेको र भारतीय माल समानको तस्करी र लागु औषधको कारोवार नहुने गरेको प्रतिक्रिया दिएका छन् ।

LEAVE A REPLY