पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि जापानले दियो ४ अर्ब ५२ करोड सहयोग

0
221

बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा जापानले पोखराको खानेपानी आपूर्ति सुधार परियोजनाका लागि उपलब्ध गराउने करिव ४ अर्व ५२ करोड रुपैयाँ अनुदान सहायता सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

Advertisements

अर्थ मन्त्रालयका सचिव डा. शान्तराज सुवेदी र नेपालका लागि जापानी राजदुत मासासी ओगावाको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र जाईका नेपालका प्रमुख जुन साकुमा बीच सो सहमतिपत्रमा हस्ताक्षर गरिएको छ ।

पोखरामा देखिएको खानेपानी समस्या समाधानका लागि जापान सरकारले आर्थिक सहायता उपलब्ध गराएको अर्थ सचिव सुवेदीले जानकारी दिए । उनले अव पोखराको खानेपानी आपूतिको समस्या कम हुँदै जाने विश्वास पनि व्यक्त गरे ।

परियोजनाबाट पानीको चुहावटको अनुपात घटनुका साथै खानेपानीको आपूर्तिसँग सम्बन्धित समस्याहरु कम हुँदै जाने समझादारी पत्रमा उल्लेख गरिएको छ ।

परियोजना २०७८ सालसम्म संचालन हुने र त्यसले पोखराबासीको जीवनस्तरमा सुधार ल्याउनुका साथै त्यहाँको पर्यटन विकासको क्षेत्रमा उल्लेख्य सहयेाग पुग्ने पनि विश्वास गरिएको छ । जापानले नेपालको पूर्वाधार विकासमा सहयोग पुर्‍याउँदै आएको छ ।

LEAVE A REPLY