कविता -जालसाजी गर्न खप्पिस याे शहर

0
322

मेघराज भण्डारी /

जालसाजी गर्न खप्पिस
याे शहर
पिउँछ
गरीबकाे रगत सुप बनाएर
र,हड्डी घाेटेर पनि सुपै!

Advertisements

सभ्य भनाउँदाे याे शहरमा
सभ्य ती बडेमाका अालिशान
महलका मानिएका सभ्यहरु नै
पिउँछन् गरीबकै पसिना सुप बनाएर!
हाडमा जेलिएका
एकाध मासुका चाेक्टा पनि
मम बन्छ।
या छाेइला ।
खान्छ।
याे शहरकाे नियम।
अन्त्यहिन……..

जालसाजीमा खप्पिस
याे सभ्य शहर!
खुल्ला मृत्युपत्र लेख्छ-
र,अाव्हान गर्छ-खुलेअाम
अाउ हे दुरदराजी मनुवाहरु अाउ!
सपना लिएर अाउ-पिसाउ।
सक्छाै मृत्यु जितेर बस
सक्तैनाै मृत्युपत्रमा लाल छाप लगाउ।
तिम्राे रगत सुप
र,हड्डी पनि सुप नै!
बचेखुचेकाे एकाध चाेक्टा
मासु पनि मम या छाेयला!
याे त याे शहरकाे नियम
अन्त्यहिन….

लेख याैटा मञ्जुरीनामा-
अन्तिम सत्य।
अाखिर अन्तिम सत्य- महामृत्यु…..!!
तिम्राे मृत्यु न बाेध हुन्छ
र,नै अात्मबाेध।
याे त शहरकाे नियम र नियत
अन्त्यहिन….!!!

२०७३/११/०३

 

 

 

 

 

 

 

LEAVE A REPLY