विप्लव माओवादीले गर्‍यो क्याम्पस प्रमुख र उपप्रमुखको अपहरण

0
228

धनगढी : कैलालीको लम्की बहुमुखी क्याम्पसका प्रमुख र उपप्रमुख अपहरणमा परेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विरोध गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी निकट अखिल क्रान्तिकारीले क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई अपहरण गरेका हुन्।

Advertisements

क्याम्पस प्रमुख र सहायक प्रमुखलाई अखिल क्रान्तिकारीका विद्यार्थीले क्याम्पस परिसरबाटै बुधबार दिउँसो ३ बजेतिर अपहरण गरेर अज्ञातस्थलतर्फ लगेको स्थानीयले बताएका छन्।

अखिल क्रान्तिकारीका एक केन्द्रीय नेताले अपहरण गरेको स्वीकार गरेका छन् । ‘हामीले समानुपातिक निर्वाचन सहितका तीन-चारवटा माग राखेर आन्दोलन गरिरहेका छौं’, ति नेताले भने, ‘तर, लम्की बहुमुखी क्याम्पसमा चुनावी प्रकृयाअघि बढाइएको पाइयो, त्यसैले चुनाव नगर्न दबाब दिन यस्तो गरिएको हो ।’

ति नेताले अपहरणमा परेका प्रमुख र सहायक प्रमुखलाई सुरक्षित स्थानमा सम्मानका साथ राखिएको समेत बताएका छन्।

कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले भने अपहरण बारे आधिकारिक जानकारी नआए पनि अपहरणको हल्ला चलेकाले खोजीका लागि प्रहरी परिचालन गरीएको जानकारी दिए।

अखिल क्रान्तिकारीले सामानुपाती निर्वाचन प्रणाली, फर्जी भर्ना रद्धलगायतका माग राख्दै विभिन्न क्यमम्पसमा तालाबन्दी गर्दै आएको छ।

LEAVE A REPLY