बिरुवा वितरण

0
209

फाल्गुन ५, २०७३- कृषि विकास कार्यालय दार्चुलाले हिउँदे फलफूलका १२ हजार बिरुवा वितरण गरेको छ । हिउदे फलफूल क्षेत्र विस्तार तथा मागमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको हो ।

Advertisements

चालु सिजनमा जिल्ला कृषि विकास र सेवा केन्द्रहरूबाट सबैभन्दा बढी ओखरका ५ हजार ४५० बिरुवा बाँडिएको थियो । स्याउका ३ हजार ५ सय, आरूका १ हजार १६०, नास्पातीका १ हजार ५०, खुपार्नीका ५ सय बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत सूर्यप्रसाद बरालले जानकारी दिए । जसमध्ये लटिनाथ सेवा केन्द्रबाट ७ हजारभन्दा बढी बिरुवा बाँडिएको छ ।

पछिल्लो समयमा यहाँ व्यावसायिक फलफूल खेती गर्नेको संख्यामा वृद्धि हुँदै गएको छ । कम मेहनतमै धेरै फाइदा हुन थालेपछि परम्परागत कृषि पेसाबाट मानिसहरू बिस्तारै फलफूलतर्फ आकर्षित हुन थालेका छन् ।

‘जिल्लामा व्यावसायिक फलफूल खेती गर्नेको संख्या बढेपछि बिरुवाको माग पनि बढ्न थालेको हो,’ वरिष्ठ कृषि विकास अधिकृत बरालले भने, ‘किसानको मागअनुसार नै कृषिले प्रत्येक वर्ष विभिन्न प्रजातिका हिउँदे र बर्खे फलफूलका बिरुवा अनुदानमा उपलब्ध गराएको छ ।’

जिल्लाको ब्यास, घुसा, खण्डेश्वरी, सुन्सेरालगायत उच्च हिमाली गाविसमा व्यावसायिक स्याउ खेती तथा मालिकार्जुन, ग्वानी, रानीशिखर, बोहरी गाउँलगायत गाविसमा ओखरको सम्भावना राम्रो रहेको
उनले बताए ।

यस्तै कृषिले किसानलाई ५० प्रतिशत अनुदानमा ८० क्विन्टल खुमल सेतो जातको आलुको बीउसमेत वितरण गरेको छ । स्थानीय दुहु तथा मार्मा क्षेत्रमा बर्खे आलुको उत्पादन हुने गरेको छ

 

LEAVE A REPLY