डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको प्रभावशाली सुरुवात नेपोली क्लब माथी ३–१ को रवाफिलो जित

0
291
रियल म्याड्रिडले च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगको खेलमा प्रभावशाली सुरुवात गरेको छ। सान्टियागो बेर्नाबेउको घरेलु मैदानमा इटालीको नेपोली क्लबलाई आतिथ्य गरेको म्याड्रिडले ३–१ को रवाफिलो जित सम्भव पारेको छ।

यो सफलता बेर्नाबेउमा खेलिएको ३९ च्याम्पियन्स लिग खेलमा म्याड्रिडको ३४ औं जित थियो। म्याड्रिडले क्वाटरफाइनल प्रवेशका लागि ‘अवे’ खेल ७ मार्चमा नेपोलीको घरेलु मैदानमा खेल्नेछ।

Advertisements

डिफेन्डिङ च्याम्पियन म्याड्रिडका घरेलु समर्थकलाई खेल सुरु भएको ८ मिनेटमा इटालियन स्ट्राइकर लोरेन्जो इन्सेग्नेले गोल गर्दै स्तब्ध तुलाएका थिए। उनले ३५ यार्ड टाढाबाट अप्रत्यासित गोल गरेका थिए। तर, त्यसको ११ मिनेटमा डानी कार्भाजेलको क्रसमा डिबक्स भित्र रहेका करिम बेन्जेमाले गोल गर्दै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याउन योगदान गरे।

गत डिसेम्बरदेखि ला लिगामा एक गोल मात्र गरेका बेन्जेमालाई प्रशिक्षक जिनेदिन जिदानले आजको खेलमा पनि मौका दिएका थिए। उनले अफसाइड झै लाग्ने बललाई १९ मिनेटमा गोलमा परिणत गरे।
लामो समयदेखि गोलको खोजीमा रहेका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो यसपालि पनि गोल गर्नबाट चुके। उनले २७ मिनेटमा लुका मोर्डिकको पासमा डिबक्सभित्र गोलको मौका पाएका थिए। तर, उनको कडा प्रहार डिबक्स माथिबाट बाहिरिएको थियो।

यस्तै, ४२ मिनेटमा रोनाल्डोको पासमा डिबक्स भित्र बेन्जेमा अर्को गोल गर्नबाट चुके। नेपोलीका गोलरक्षक रेइना पोस्ट छोडेर बाहिर आएको अवस्थामा करिमले प्रहार गरेको बल पोलको बाहिरी छेउमा लागेर बाहिरिएको थियो।

LEAVE A REPLY