जुम्लामा मिनी ट्रक दुर्घटना, चालकसहित ३ को मृत्यु

0
227

५ फागुन, जुम्ला । जुम्लाको बड्की गाविसमा बिहीबार बिहान मिनी ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।बड्की गाविस-२ को देहार गाउँको कोटिलाभिरमा ना ६ ख ९३७२ नम्बरको मिनी टाटा बिहान साढे आठ बजेतिर दुर्घटना भएको हो ।दुर्घटनामा बर्दिया मैनापोखर-८ बस्ने तिर्थराम थारु, मुगुको कलाई-४ बस्ने रंगबहादुर शाही र सोही ठाउँ बस्ने गंगा शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी जवान भद्र रावलले जानकारी दिए ।

Advertisements

थारु गाडी चालक हुन् । दुर्घटनामा गम्भीर घाइते सहचालकको परिचय खुलेको छैन । उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ ।

LEAVE A REPLY