चुनावबिनै केन्द्रीय सदस्य चयन

0
234

काठमाडौ –राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदमा कमल थापा सर्वसम्मत भएसँगै बाँकी केन्द्रीय सदस्यहरु पनि सर्वसम्मत छनोट गर्ने पहल सुरु भएको छ । त्यसका लागि शीर्ष नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेताहरु पशुपति शंसेर राणा र लोकेन्द्र बहादुर चन्दलगायतका नेताहरु केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गर्न सहमति जुटाउन गोप्य छलफलमा लागेका छन् ।

Advertisements

बुधबार साँझ अध्यक्षमा थापालाई सर्वसम्मत बनाउने सहमति भएसँगै नेताहरु केन्द्रीय सदस्यका लागि पनि सहमति गर्ने प्रकृयमा लागेका हुन् । यद्यपी ८० जनाभन्दा बढि केन्द्रिय सदस्य हुने भएकाले सहमति जुट्न कठिन हुने भएकाले चुनाव नै गर्नुपर्छ भन्ने नेताहरुको आवाज बढ्दै गएको राप्रपाका नेतहरुले बताएका छन् । राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार केन्द्रीय सदस्यका लागि सर्वसम्मत गर्न पहल भइरहेपनि त्यो कठिन छ । श्रेष्ठ भन्छन् –‘यो एकताको महाधिबेशन भएकाले पनि केन्द्रिय सदस्य पनि सर्वसम्मत चयन गर्दा राम्रो हुन्छ तर यो काम गर्न धेरै कठिन छ तर असम्भव भने छैन ।’ केन्द्रीय सदस्यका आकांक्षीहरु करिव एक हजारभन्दा बढि भएकाले पनि सर्वसम्मत गर्न नेतृत्वलाई कठिन पर्ने कतिपय नेता कार्यकर्ताको भनाई छ ।

LEAVE A REPLY