बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
203

भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

Advertisements

प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको थियो। ठक्कर दिएपछि घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने गाडी र त्यसका चालक दुवै प्रहरीको नियन्त्रणमा रहेका छन्। रासस

LEAVE A REPLY