नेपाल प्रजातन्त्र सेनानी संघले प्रजातान्त्रिक योद्धा कल्यान सिंह विष्टलाई महासेनानी पदवीसहित सम्मान

0
240

महेन्द्रनगर, ५ फागुन । नेपाल प्रजातन्त्र सेनानी संघले प्रजातान्त्रिक योद्धा कल्यान सिंह विष्टलाई महासेनानी पदवीसहित सम्मान गरेको छ ।

Advertisements

सुपको दार्चुला ३ धौलाकोटका विष्टलाई बिहीबार उनको कञ्चनपुरको बेल्डाँडी नगरपालिका– १ स्थित निवासमै पुगेर नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले विष्टलाई खादा ओढाएर महासेनानी पदवी सम्मानसहित प्रमाणपत्र प्रदान गरे ।

प्रजातन्त्र प्राप्ती र गुमेको प्रजातन्त्र ल्याउनमा अतुलनिय भूमिका निर्बाह गरेको भन्दै ६५ औँ प्रजातन्त्र दिवसका अवसरमा नेपाली काँग्रेस निकट नेपाल प्रजातन्त्र सेनानी संघद्धारा विष्टलाई सम्मानित महासेनानी पदावी प्रदान गरिएको थियो ।

कार्यक्रममा नेता बडूले विष्टले विगतमा नेपाली जनताको मुक्तिका लागि गरेको योगदान महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । ‘तपाईले विगतमा नेपाली जनताको मुक्तिका लागि गर्नुभएको संघर्ष सह्रानिय छ,’ नेता बडूले भने, ‘आज हजुर जस्तै योद्धाले गर्नुभएको योगदानले हामीले मुक्ति पाएका छौँ ।’

LEAVE A REPLY