अमिताभ बच्चन सम्बन्धी रोचक तथ्य हरु

0
250

१) अमिताभ बच्चनले १५ फ्रेवअरी १९६९ का दिन आफ्नो करियरको पहिलो फिल्म ‘सात हिन्दूस्तानी’मा हस्ताक्षर गरेका थिए । उनले यो सँग जोडिएका केही तस्वीरहरु पनि ट्वीटरमा शेयर गरेका छन् । यद्यपी अमिताभ आमिर खानसँग आगामी फिल्म ‘ठग्स अफ हिन्दोस्ता’का लागि तयारी गरिरहेका छन् ।

Advertisements

२) ७४ वर्षको उमेरमा ‘पिंक’ फिल्ममा दमदार अभिनय गरेका अमिताभको सुपरहिट फिल्म ‘अग्निपथ’लाई पनि २७ वर्ष पूरा भएको छ ।

३) जुन व्यक्ति (अमिताभ)का करोडौं फ्यान छन्, उनी आफू अभिनेता दिलीप कुमार र अभिनेत्री आशा पारेखका फ्यान हुन् ।

४) अमिताभ आफ्नो पूरा करियरका दौरान समयको पाबन्दी र अनुशासनमा निकै ध्यान दिन्थे । सायद यहि कारण आज उनी बलिउड उद्योगमा सुपरस्टार बनेका छन् । ११ अक्टुबर १९४२ मा जन्मिएका अमिताभ बच्चन आज पनि आफ्नो दमदार अभिनय र बुलन्द आवाजले बलिउडमा राज गरिरहेका छन् ।

५) सामाजिक सञ्जालमा क्रियाशिल रहँदै आएका अमिताभका ट्वीटरमा करिब २५ मिलियन फ्लोर्स छन् ।

६)  अमिताभले करियरको सुरुवातमा आकाशवाणीमा बतौर अनाउन्सरका लागि आवेदन दिएका थिए तर खारेज भयो । त्यसपछि उनले कोलकातामा सुपरवाइजरका रुपमा करियर सुरु गरेका थिए र त्यो बेला उनलाई मासिक तलब ८०० रुपैयाँ पाइन्थ्यो ।

७)  अमिताभका २० फिल्म फ्लप भइसकेपछि पहिलो हिट आएको थियो । यो फिल्मको नाम थियो ‘जंजीर’ । सिनेमामा अभूतपूर्व योगदानका लागि अमिताभलाई १९८४ मा पद्मश्री र २००१ मा पद्म भूषण पुरस्कारबाट सम्मान गरिएको थियो ।

८)  पूर्व प्रधानमन्त्री राजीव गान्धीसँग नजिक रहेका अमिताभ बच्चनको राजनीतिसँग पनि नाता रह्यो । उनी इलाहाबादबाट सांसद पनि बने तर उनलाई यो क्षेत्र मन परेन र तीन वर्षपछि राजनीतिबाट पूर्ण रुपमा अलग भए ।

९) जवान हुँदा अमिताभ बच्चन चुरोट र रक्सी सेवन गर्थे । चुरोटमा त उनले रेकर्ड नै तोडेका थिए किनकि उनी दिनमा २०० सम्म चुरोट पिउथे । यद्यपी वितेका केही वर्षयता उनले यी सबैलाई किनारा लगाइदिए । अब उनी शुद्ध शाकाहारी छन् ।

१०) विवादहरुसँग पनि अमिताभको नाता रह्यो । अमिताभ बच्चनमाथि १९८४ मा शिख दंगामा शिख जातिविरुद्ध भावना भड्काएको आरोप पनि लाग्यो । त्यसपछि बोफोर्स घोटाला र पनामा पेपर्स लीकमा पनि उनको संलग्नता रहेको आरोप लाग्यो ।

LEAVE A REPLY