पूर्व उप-प्रधानमन्त्री पत्नी सहित चौतारिमा

0
395

पूर्व उप-प्रधानमन्त्री चित्र ब. कालिकास्थानको चौतारीमा भेटिए, यो विशेष समाचार हैन । उनी पत्नीसहित भेटिए, यसलाई पनि खास खबर मानिदैन। डा.को सुझाव अनुसार धोबीखोलाबाट हिड्दै यहाँ आईपुग्छ्न, यसलाई ब्रेकिङ न्युज मान्नु पर्दैन । पछाडीको संस्थानको गाडी उनको होइन, यो कुरालाई हट इस्यु भन्नू पर्दैन । नमस्कार गर्न लायक छन् , तपाईंलाई सुनाई रहनु परेन । देशको उप-प्र.म.टेम्पुबाट लडेपछी रिङ्गटा लाग्ने रोग छ, यो खबरभित्रको खबर हैन । कुन मन्त्री/साम्सद/सचिबले कति उपचार खर्च कुम्ल्याए, यो कुरापनी न्युज अफ द डे होईन । मेरो भ्युज के हो भने, एक्सठ्ठी बर्षे प्रेमपुर्ण बैवाहिक जीवनको रहस्य के होला ? ‘ चित्र बाले जवाफ दिए- ‘सिद्धान्त र ब्यवहारबिचको एकरुपता !….मनोज गजुरेलको फेसबुक पोस्ट बाट लिइएको

Advertisements

LEAVE A REPLY