जब एउटा लठौरो कलाकार केटो ठुलो भयो अनि फर्कदै छ यस्तो रुपमा

0
322

सन् २००७ मा रिलिज भएको आमिर खानको फिल्म ‘तारे जमीन पर’मा इशानको भूमिका निर्भाह गरेका दर्शील सफारी अब ठूला भइसकेका छन् । १० बर्षको अवधिमा दर्शीलको रुपरंगमा धेरै परिवर्तन आइसकेको छ । उनलाई सजिलै चिन्न सकिँदैन । दर्शील चाँडै ‘कुइकी’ नामक फिल्मबाट बलिउडमा फर्कदै छन् । फिल्म ‘टेक ड्रिभन टिन एज लभ स्टोरी’ अर्थात् प्रविधिले निम्त्याएको किशोर–किशोरीको प्रेम सम्बन्धमा आधारित हुनेछ । यस फिल्मको एक पोस्टर पनि बाहिर आइसकेको छ । यस फिल्मको कहानीका बारेमा भने थप जानकारी दिइएको छैन । तारे जमीन पर’ फिल्मबाट बाल कालाकारको रुपमा निकै चर्चा बटुलेका दर्शीलको आगामी चलचित्रबाट भने कति चर्चा पाउँछन् समयले बताउनेछ।

LEAVE A REPLY