ट्रकको ठक्करबाट बालाजुमा २ महिलाको मृत्यु,

0
244

६ फागुन, काठमाडौं । ट्रकको ठक्करबाट बालाजु माछापोखरीमा आज दुर्इ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।एकै दिशाबाट आइरहेका ना ५ ख ८४६५ नम्बरको मालवहाक ट्रकले स्टुकरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुर्इ महिलाको मृत्यु भएको हो ।बालाजु बृतका डीएसपी सन्तोष तामाङका अनुसार माछापोखरीबाट तीव्र गतिमा बालाजुर तर्फ आइरहेको ट्रकले अगाडी रहेको बा ७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पछाडी बसेकी रिनाकुमारी राई सडकमा पछारिएकी थिइन । ट्रकले राईलाई त्यहीँ किचेको थियो ।

Advertisements

स्कुटर र मान्छे ढलेपछि चालक ट्रक छाडेर भागेको डीएसपी तामाङले बताए । ड्राइभर विनाको ट्रक गुडेर स्कुटर चलाउने सोनिया थापा मगरलाई किचेको थियो ।दुवै जनाको घटना स्थलमै मृत्यु भएको हो ।ट्रक छोडेर फरार हेटौंडाका सन्जिव लामाको खोजी भैरहेको डीएसपी तामाङले बताए ।

LEAVE A REPLY