राप्रपाको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी

0
247

६ फागुन, काठमाडौं । राप्रपाको महाधिवेशनमा शुभकामना दिन पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी चलेको छ ।कार्यक्रम चलिरहँदा मञ्चमा एकै ठाउँमा बसे पनि देउवा र ओलीबीच खासै सम्वाद भएन । ओली नजिकै रहेका राप्रपा अध्यक्ष कमल थापासँग र देउवा डा. प्रकाशचन्द्र लोहनीसँग भने बेलाबेला कानेखुसी गरिरहेका देखिन्थे ।

Advertisements

शुभकामना दिने क्रममा ओली र देउवाले जुहारी खेले । सुरुमा सम्बोधन गरेर एमाले अध्यक्ष ओलीले राप्रपाले एमाले बाहेक अरु दललाई धक्का दिन सक्ने बताए ।मञ्चमा बसेका कांग्रेस सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै उनले अरु पार्टीलाई अन्यथा भन्न नखोजेको भन्दै भने, ‘होसियार भए हुन्छ भनेको ।’ओली सम्बोधनपछि हिँडे । तर, आफ्नो पालो आएपछि कांग्रेस सभापति देउवाले जवाफ दिए ।राणा शासनदेखि पञ्चायतविरुद्ध पनि कांग्रेसले बहुदलीय व्यवस्थाका लागि लडेको र बहुदलीय व्यवस्था आउनु नै कांग्रेसको जित भएको उनले बताए । चुनावमा कसलाई जिताउने भन्ने त जनताको हातमा रहेको उनले बताए ।देउवाले हाँस्दै भने, ‘ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापाबाटै आएको छ । होस् गर्नुस् ।’झापा एमाले अध्यक्ष ओलीको गृहजिल्ला हो ।

LEAVE A REPLY