पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले लिएअन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

0
360

फाल्गुन ९, २०७३-पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३६ वर्षीय अलराउन्डरले टेस्ट र एकदिवसीयबाट दुई वर्ष अघि नै बिदा लिएका थिए। तर, उनी टी–२० क्रिकेटमा भने सक्रिय थिए। २०१६ को अप्रिलमा टि–२० को कप्तानी छोडेपछि उनको क्रिकेट भविष्यलाई लिएर अड्कल चल्दै आइरहेको थियो। ‘अन्तर्राष्ट्रिय क्रिकेटलाई गुडबाई भन्छु,’ उनले भने। अफ्रिदीले २७ टेस्ट, ३ सय ९८ एकदिवसीय र ९८ टि–२० खेलेका छन्।

Advertisements

LEAVE A REPLY