बार्सिलोनाको हातबाट लेगानेस २–१ गोलले पराजित

0
341

फाल्गुन ९, २०७३-स्टार स्ट्राइकर लिओनल मेसीले २ गोल हानेपछि बार्सिलोनाले ला लिगाअन्तर्गत आइतबार राति लेगानेसलाई २–१ गोलले पराजित गर्यो।मेसीले खेल सुरु भएको ४ मिनेटमै गोल गरेर घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, रेलिगेशन उन्मुख लेगानेसका लागि ७१ मिनेटमा उनाई लोपेजले गोल फर्काएपछि बार्सिलोना दबाबमा देखिएको थियो। धन्न ९० मिनेटमा पाएको पेनाल्टीको अवसरलाई मेसीले सदूपयोग गरे। नभए बार्सिलोना अंक बाड्ने अवस्थामा पुगिसकेको थियो।जितसँगै बार्सिलोनाले अंक तालिकामा रियल म्याड्रिडसँगको दुरी घटाएको छ। बार्सिलोनाभन्दा २ खेल कम खेलेको म्याड्रिड २१ खेलमा ५२ अंकसहित शीर्षस्थानमा छ।

Advertisements

LEAVE A REPLY