मनाङ मर्स्याङ्ग्दी क्लबले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई हरायो

0
322

मनाङ मर्स्याङ्ग्दी क्लबले बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबलाई हराएको छ। आइतबार भएको खेलमा मलाङले घरेलु टोलीलाई २-० गोल अन्तरमा हराउँदै अघिल्लो चरण प्रवेश गरेको हो। मनाङको जीतमा विशाल राई र ओलावालेले एक एक गोल गरे। बंगलादेशको चित्तागाङमा शनिबारदेखि सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेलमै घरेलु टिमलाई हराएर अघि बढेको हो। प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन्। दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुई दुई वटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन्।

Advertisements

LEAVE A REPLY