प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

0
236

१० फागुन, काठमाडौंः प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्। सरकारले घोषणा गरेको स्थानीय निर्वाचन संसदमा टेबुल भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्।

Advertisements

सर्वदलीय बैठक मंगलबार दिउँसो बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। वैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइएको छ।
सोमबार सरकारले आगामी वैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेपछि मधेसी मोर्चा आन्दोलनमा उत्रिएको छ। मोर्चाले पहिले संविधान संशोधन गरेरमात्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्दै आएको थियो।

मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन प्रस्तावलाई मंगलबारको संसद बैठकबाट प्रक्रिया अगाडि बढाउने निर्णय सरकारले गरेपनि त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल एमालेले अबरोध गर्ने भएकाले संसद बैठक स्थागित गरिएको छ।  संसद बैठक स्थगित भएलगत्तै  प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन्। 

LEAVE A REPLY