आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदै

0
247

११ फागुन, काठमाडौं । सर्बोच्च अदालतसम्म पुगेको नेपाल प्रहरी आइजीपी नियुक्तिको विवादबारे आज सुनुवाइ हुँदैछ ।डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयसँगै सर्बोच्च अदालतले यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशको सुनुवाइ आज हुन लागेको हो ।सरकारले तेस्रो बरियताका डिआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेपछि अधिवक्ता कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसपछि पहिलो बरियताका डिआइजी नवराज सिलवालले पनि आफू आइजीपी हुन किन नसक्ने भन्दै अर्को रिट दायर गरेका थिए ।प्रधान न्यायाधीश सुशीला कार्कीको एकल इजलासमा यस मुद्दाको सुनुवाइ हुनेछ ।

Advertisements

LEAVE A REPLY