च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो खेल मा म्यान्चेस्टर सिटी र एथ्लेटिको मड्रिड बिजयी

0
260

११ फागुन, काठमाडौं दुई पटकसम्म खेलमा पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस टोली म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा फ्रान्सेली टोली मोनाकोलाई पाँच तीन गोलले हराएको घरेलु मैदानमा निकालेको महत्वपूर्ण जितपछि सिटीको क्वाटरफाइनल प्रवेशको संभावना पनि बलियो २६औं मिनेटमै रहिम स्टिर्लिङको गोलबाट अग्रता बनाएको सिटीले पहिलो हाफमा दुई गोल खायो रामेडेल फाल्काओ मबाप्पे लोट्टीनले मोनाकोका लागि गोल गरेका थिए ५० औं मिनेटमा फाल्काओलाइ सिटीका खेलाडीले डि बकस एरियामा फायर गरेपछि मोनाकोले पेनाल्टिको अवसर पायो तर फाल्काओको पेनाल्टिका सिटीका गोलकिपर विली कावायरोले बचाउ गरेपछि मोनाकोले तेस्रो गोल गर्ने मौका गुमायो

Advertisements

५८औं मिनेटमा सर्जियो एग्युरोले खेल बराबरीमा ल्याए तर फाल्काओले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा सिटी केहि दबाबमा परेको थियो ७१औं मिनेटमा एग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले पुनः अग्रता लियो त्यसयता ७७औं मिनेटमा जोन स्टोन्स ८२औं मिनेटमा लोरी सेनले गोल गर्दै पहिलो लेगमा सिटीलाई दुई गोलको अग्रता दिलाए च्याम्पियन्स लिगको नकआउट चरणमा यति धेरै गोल भएको यो पहिलो पटक हो अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जर्मन क्लब बार्यन लिभरकुसेनलाइ उसकै मैदानमा चार दुइ गोलले पराजित गर्‍यो एथ्लेटिकोको जीतमा सउल निगे, एन्टोइन ग्रिजमान, केभिन ग्यामेहु फर्नान्डो टोरेसले गोल गरेका थिए लिभरकुसेनका लागि करिम बेलाराभी गोल गर्दा अर्को गोल आत्मघाती भएको थियो एथ्लेटिकोको स्टेफान साभिचले आफ्नै पोस्टमा गोल गरेका थिए

LEAVE A REPLY