चकलेट बाँडेर मनाए, केपी ओलीले ६६ औं जन्मदिन

0
212

११ फागुन, काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार आफ्नो जन्मदिनको अवसरमा संसद भवनमा सांसद, पार्टी केन्द्रीय सदस्य पत्रकारलाई चकलेट बाँडेका छन्। संविधान संशोधन समसामयीक विषयमा पार्टीको धारणा बनाउन एमाले संसदीय दल पार्टीको संयुक्त बैठक बानेश्वरमा बसेको थियो।  बैठकमा संसद भवनका कर्मचारीलेबढीमा दुईटासम्म लिनुस् हैभन्दै चकलेट बाँडेका थिए। बुधबार ओलीको ६६ औं जन्मदिन हो। यसअघि बिहान दश बजे ओली निवास बालकोटमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका पदाधिकारीले जन्मदिनको केक काटेका थिए। औपचारिक रुपमा कार्यक्रम आयोजना नगरिए पनि कार्यकर्ता शुभचिन्तकले साँझ बालकोटमा जम्मा भएर ओलीलाई जन्मदिनको शुभकामना दिने ओली निकट स्रोतले बताएको छ। ओलीले गतवर्ष नयाँ दिल्लीमा जन्मदिन मनाएका थिए। भारत भ्रमणमा रहेका बेला जन्मदिन परेकाले दिल्लीस्थित नेपाली राजदूतवासमा ओलीको जन्मदिन मनाइएको थियो।

LEAVE A REPLY