नयाँ जमानाको उखान

0
560

यमबहादुर दुरा

Advertisements

सामाजिक सञ्जाल ः सूचना र भावना आदानप्रदान गर्ने माध्यम । पहिले रोदीघर, मेलापात, चौतारी, देउराली र भञ्ज्याङका बिसौनीमा खबर र भावना साटसाट हुन्थे । अहिले सामाजिक सञ्जालले त्यसको ठाउँ लिएको छ । ‘फेसबुक’लगायतका सामाजिक सञ्जालमा पोष्ट हुने तस्बिर, कमेन्ट, टिका–टिप्पणी, एवम् माया–मोहब्बतका मसलेदार कुराले साथी– सँगीसँगको भेटघाटमा कुराको कोसेली जुटाईदिएको छ ।

मलाई पनि यो भेटघाटमा सामाजिक सञ्जालमा पोष्ट भएका उखान बारे कुरा गर्न मन लाग्यो । अहिलेका उखानहरूले परिवर्तनशील समयको भाका टिपेका छन् । हिजोका उखानहरू आज नयाँ रूपरङमा ‘रिमोडलिङ’ र ‘रिकण्डिसनिङ’ भएर देखापरेका छन् । ती उखान स्वच्छन्द र बेफिक्री छन्,जो धार्मिक सहिष्णुता, लैङ्गिक समानता एवम् महिला अधिकारका आवाजहरू प्रति बेखबर देखिन्छन् ।

वि.सं २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपाली जनको हाँसो–खुसी लुट््यो । खुसी लुटिएको त्यो पीडादायी पलले धेरैलाई भगवानको नाम पुकार्न बाध्य बनायो ।त्यही समयमा भगवानको नाम जोडिएको उखान आयो, ‘बाह्र वर्षसम्म बाइबल पढ्यो भूइँचालो आउँदा रामराम’ । यो उखानमा धर्मान्तरितहरू प्रति पूर्वाग्रहपूर्ण अभिव्यक्तिको छनक भेटिन्छ ।

नेपालमा वि.सं. २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएपछि हाम्रा छिमेकी मुलुक भारतले नाकाबन्दी ग¥यो, जसले नेपाली जनजीवनमा विपत्ति निम्त्याइदियो । नाकाबन्दीपछि नेपालीजनले भोगेका हैरानीको पृष्ठभूमिमा थरिथरीका उखानहरू देखापरे । जस्तै ः ‘नाकाबन्दीको चोट नेतालाई के थाहा?’, ‘कामकुरो एकातिर सिलिण्डर बोकी लाइनतिर’, ‘नहुनु ग्याँसभन्दा मक्किएको दाउरा जाती’, ‘ट््याङ्कभरि तेल आयो, हर्ष न विस्मात’आदि । ‘रिमोडलिङ’गरिएका यी उखानले हाम्रा राजनीतिक र सामाजिक वास्तविकताहरूलाई गहिरोसँग आत्मसात गरेका छन् ।

हाम्रा कतिपय उखान नारी–अस्मिता र प्रतिष्ठालाई ठाडै चुनौती दिने खालका छन् । यो क्रम नयाँ जमानाको नयाँ उखानमा पनि रोकिएको छैन । महिला अधिकारका कुरा जति नै उर्लिए पनि पुरानो जमानाको नकारात्मक विरासत कायमै छ । नयाँ संस्करणमा आएका उखानले पनि पुरानै राग अलापेको देखिन्छ । एउटा दृष्टान्त ः ‘आमा पनि ब््युटी छोरी पनि ब््युटी, बाउले गर्नुपर्ने चुलाको ड््युटी’ ।

पुँजीवादले चारैतिरबाट घेरेको छ । शहरका कतिपय घरमा ‘मनी प्लान्ट’ राख्ने त्यसमा दिनदिनै पानी खन्याउँदै आर्थिक वैभवको कामना गर्ने परम्परा छ । यसलाई बेठीक भन्न सकिन्न । तर खडेरीले आफ्नै भाइबन्धुको मकैबाली सुक्दा कुनै पीडा भाव नझल्काउने र एकोहोरो मनीप्लान्टमा जल सिंचन गर्नेहरू प्रति भने उखान बेपत्ता रुखो देखियो ः ‘खडेरीले मकै सुक्यो, मनी प्लान्टलाई पानी’।

तन्नेरीहरूको कुरै बेग्लै । आपूmले मन खाएको मन प्यारीले अर्कै व्यक्ति (त्यसमा पनि आपूmभन्दा बढी उमेर खाएका) लाई मन पराएपछि उनीहरूको रिसको पारो चढ्ने नै भयो । त्यही झोँकमा तन्नेरीहरू पुरानो उखानलाई‘ रिमोडलिङ’ गरेर भयानक उखरमाउलो उखान रच्न पुग्छन् । उखान यस्तो छ ः ‘आपूm ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो, आपूm ताक्छु तरुनी, तरुनी ताक्छ बुढो’ ।

समाजको एउटा वृत्तमा चम्चागिरी मौलाएको र त्यसले उद्योगकै रूप लिइराखेको चर्चा सुनिन्छ । यदाकदा व्यवहारमा पनि यस्तै देखिन्छ । विद्या आर्जनमा विश्वास नगर्ने तर चम्चागिरीलाई उच्च महत्व दिने । यही प्रवृत्ति माथि व्यङग्य कस्न सामाजिक सञ्जालका प्रयोगकर्ताहरू पछि परेका छैनन् । उनीहरू उखानमार्पmत् व्यङग्य गर्छन्, ‘पढी लेखी छैन काम, चम्चागिरी गरी खायो माम’ ।

नेपाली समाजमा विदेशी पहिरन (टाई) जीवनशैलीको हिस्सा बन्दै गएको तथ्य जगजाहेर नै छ । अब टाई हाम्रो घाँटीमा मात्र झुण्डिएन, उखानको रचना गर्भमा पनि छिरिसक्यो । पुराना बनि बनाऊ उखानमा टाई शब्द घुसेर आउन थाले । ती उखान घत लाग्दै छन् ः ‘बाँदरको पुच्छर, टाई न इजार’, ‘खाई न पाई, दौरामाथि टाई’ ।

समाजमा धेरै आलोचित वर्ग मध्ये नेताहरू अग्रपंक्तिमै पर्छन् । समाजमा नेता प्रति वितृष्णाको बेला बखतमा घनघोर वर्षा हुन्छ । हाम्रो देशमा मात्रै यस्तो हुन्छ कि अरु देशमा पनि यस्तै हुन्छ, मलाई थाहा छैन । देशको समग्र नीति र थिति हाँक्ने नेतागण माथि आलोचना हुने क्रम जारी नै छ । यही वास्तविकतालाई दर्साउने एउटा उखान ः ‘जुत्ताको माला लगाएको नेता छाला देखी तर्सन्छ’ ।

सबैलाई जिन्दगी प्यारो छ । तन्नेरीहरूलाई बाइक झनै प्यारो छ । देशमा लोकतन्त्र छ । यसले दिएको स्वतन्त्रताले असंयमित किसिमको आन्दोलन मौलाएको छ । बेथितिको आन्दोलनको के भर ?आन्दोलनले कतिबेला आमनागरिकको जिन्दगी र तन्नेरीहरूको बाइकलाई छिन्नभिन्न पार्ने हो, कसलाई के थाहा । सम्भावित अनिष्टलाई दृष्टिगत गर्दै अहिले सचेतनामूलक उखान आएको छ ः ‘अनिकालमा लाइफ जोगाउनू, आन्दोलनमा बाइक जोगाउनू’ ।

सामाजिक सञ्जालमा देखा परेका यस्ता उखानले समय क्रमसँगै हाम्रा लोक अभिव्यक्तिको स्वरूप र शैली बदलिँदैछ भन्ने संकेत गर्छन् । अहिलेका कतिपय उखान प्रगतिशील देखिन्छन् भने कतिपय कताकता पश्चगामी जस्ता पनि देखिन्छन् । ‘रिमोडलिङ’गरिएका यी उखान सामाजिक प्रसंग र प्रवृत्तिको प्रतिबिम्व बनेका छन्, जसले हामीलाई गुलावी छेण हानेभैmँ प्रतीत हुन्छ ।

LEAVE A REPLY