राष्ट्र निर्माणमा आम सञ्चारको भूमिका

0
489

 

सम्पादकीय

Advertisements

१२ फागुन ।
‘आमसञ्चार’ जसलाई राष्ट्रको चौथो अङ्ग पनि भनिन्छ, के साँच्चै नै आमसञ्चारले सोही अनुरुप राष्ट्र निर्माणमा एउटा अब्बल दर्जाको भूमिका खेल्न सक्दछ त भन्ने प्रश्न जो कोहीको मानसपटलमा आउनु अनि छाउनु स्वभाविक हो ।
विशेषतः राष्ट्र निर्माणमा आमसञ्चारले खेल्न सक्ने भूमिका, अझ त्यसमाथि पनि नेपाल जस्तो विकासको क्षेत्रमा बामे सर्दै गरेको मुलुकमा आमसञ्चारले पार्न सक्ने प्रत्यक्ष प्रभावको विषयमा वादविवाद गर्नुपर्ने देखिदैन । यदि साँच्चै नै विकास निर्माणका विषय, विकृति अनि विसंगतिका वास्तविक चित्र, ठोस पहलकदमीले समाजमा खेलेको उदाहरणीय भूमिका अनि समग्रतामा राष्ट्रिय अन्तर्राष्ट्रिय वृत्तमा छाएका सकारात्मक सन्देशलाई आम समुदायसम्म तथ्यपरक अनि सत्यपरक रुपमा सम्प्रेषण गर्ने हो भने वास्तविक रुपमा आमसञ्चारलाई राष्ट्रको चौथो अङ्गको दर्जा दिनुको सार्थता रहन्छ ।
सामान्यतया आमसञ्चार भन्नाले नै आम समुदायमा सूचना सम्प्रेषण गर्ने माध्यम हो । त्यस कारण पनि सञ्चार माध्यमले कस्तो सूचना, कुन रुपमा सम्प्रेषण गर्दछ वास्तवमा त्यही नै रुपमा आम समुदायलाई प्रभावित बनाउदछ ।
अतः राष्ट्र निर्माणमा आमसञ्चारको भूमिका सदैव निर्णायक रहनुपर्दछ । यदि राज्यले चौथो अङ्गको रुपमा सम्मान दिएको छ भने उक्त सम्मानको सम्मानजनक कदर गरी पूर्णतया जवाफदेही अनि सम्वेदनशील बनी आफ्नो आचारसंहिताको आत्मसम्मान गर्दै सकारात्मक पहल कदमी जारी राख्ने हो भने साँच्चनै राष्ट्र निर्माणमा आमसञ्चारको भूमिका रचनात्मक बन्न सक्दछ ।

LEAVE A REPLY