जसको नीति उसको नेतृत्व हुनुपर्

0
347

विचार

नरेन्द्र न्यौपाने
अध्यक्ष ,अखिल क्रान्तिकारी
स्ववीयुको निर्वाचनको मिति र कार्यतालिका घोषणा भएको छ । केन्द्रीय सदस्यको नेतृत्वमा क्याम्पस स्तरका निर्वाचन परिचालन समिति बनाएका छौँ । हाम्रो पुरा ध्यान अहिले स्ववियुको निर्वाचन कसरी सफल बनाउने र स्ववियुमा संगठनलाई कसरी पहिलो बनाउने भन्नेमै छ । हिजोको पाठ पनि हामीले सिकेका छौँ । पहिलो संविधानसभामा पहिलो भएको माओवादी पार्टी दोस्रो संविधानसभामा तेस्रो भयो । यसमा हाम्रा आन्तरिक र बाह्य कारण थिए । पहिलो–पार्टी विभाजनको असर, दोस्रो–आन्तरिक रुपमा बढेको दम्भ र तेस्रो –हाम्रा विरुद्ध भएका षड्यन्त्र । यो षडयन्त्रको पाटोलाई हामीले बुझ्न सकेनौँ । हामी यो राज्यसत्ता ध्वस्त गर्न हिडेका थियौँ तर, हामीलाई नै ध्वस्त गर्ने षड्यन्त्र बुझ्न सकेनौँ । हामी यहाँ चुक्यौँ । तर, पाठ चाहिँ सिकेका छौँ । अब आन्तरिक रुपमा सुदृढीकरण भएका छौँ । एक ढिक्का भएका छौँ । १० वटा माओवादी एक भएका छौँ । त्यसको भातृ संगठन हो क्रान्तिकारी । यसले सबै क्षेत्रमा सकारात्मक सन्देश गएको छ । स्ववियुु निर्वाचनमा हुने तिकडमलाई रोक्न आचारसंहिता लागु भएको छ । कार्यतालिका निस्केको दिनदेखि क्याम्पसमा भर्ना गर्न नपाइने भएको छ । यसको फाइदा हाम्रा संगठनलाई भएको छ । अब हामीमा पहिलो संविधान सभापछिको दम्भ छैन । जसबाट शिक्षा लिएर अगाडि बढिरहेका छाँै ।
सातवटै प्रदेशमा हामी अगाडि छौँ । म सातवटै प्रदेशमा गएको छु । सातवटै प्रदेशका बहुमत क्याम्पसमा हामी निर्वाचन जित्छौँ । हामीले विद्यार्थीका माझ विभिन्न अभियान चलाएका छाँै । विद्यार्थी हितमा काम गरेका छौँ । जुन कुरा हामीले उठाएका छौँ, ती सबै पास नभएपनि धेरै कुरा लागु भएका छन् । हामी अझै विद्यार्थीको हक हितको लागि लड्नेछौँ । त्यसकारण हामी अहिलेको स्ववियु निर्वाचनमा हाम्रा पास भएका एजेण्डा र अब पास गराउन लाग्ने एजेण्डा लिएर लड्दै छाँै । उमेर हद हामीले उठाएको मुद्दा हो । जुन इतिहासमा यो पटकबाट लागु हँुदछ । यो कुरा राम्रो हो । जुन वास्तविक विद्यार्थी हुन तीनले नै राजनीति गर्न पाउनुपर्छ । जुन कुरा अहिले आएर लागु भएको छ ।मिश्रित निर्वाचन प्रणाली पनि हामीले उठाएको माग हो । त्यसकारण जसको निित उसैलाई विद्यार्थीले नेतृत्व दिनेछन् भन्ने हाम्रो विश्वास छ ।

Advertisements

 

LEAVE A REPLY