अनेरास्ववियु अब्बल संगठन हो

0
344

विचार

नविना लामा
अधयक्ष, अनेरास्ववियु
हामीले विगतमा के ग¥यौँ, आज के गरिरहेका छौँ र भोलि के गर्दै छौँ भन्ने विषयलाई स्पष्ट ढंगले राखिरहेका छौँ । यही कारण पनि अन्य संगठनहरु भन्दा अब्बल छौँ भन्ने त आम विद्यार्थी साथीहरुले बुझिसक्नु भएको छ । यतिमात्र हैन हामीले शिक्षाको नाममा भएको व्यापारीकरणको बिरोध गर्दै सामूदायिक विद्यालय र क्याम्पसहरुको स्तरवृद्धि र शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै आएका छौँ । पछिल्लो पटक संविधान कार्यान्वयन र राष्ट्रियताको जगेर्नाको लागि सरकारलाई दबाब दिँदै आएका छौँ । यही स्ववियुको निर्वाचन गर्नुपर्छ भनेर पनि हामी लामो समयदेखि आवाज उठाउँदै आयौ, आज हाम्रो बलमा यो सम्भव पनि भएको छ । अनेरास्ववियु निर्वाचन केन्द्रीत भएरमात्र काम गर्ने संगठन नभएकाले पनि हामी विद्यार्थी साथीहरुको आशा र भरोसाको केन्द्र बनेका छौँ । अहिलेको निर्वाचनले विद्यार्थीहरुमा भएको राष्ट्रवादलाई व्यवहारमा उतार्ने काम गर्दैछ यहाँ राष्ट्रवादी शक्ति छान्ने कि भारतीय दलालको पक्षपोषण गर्ने भन्ने देखिदैछ । निर्वाचनको नतिजा आएपछि त्यसलाई हामीले मसिनो रुपमा संलेषण गर्न सक्छौँ तर मलाई लाग्छ दुई तिहाइभन्दा बढी विद्यार्थी साथीहरुले राष्ट्रवादी शक्तिको रुपमा अनेरास्ववियुलाई नै रोज्नुहुनेछ ।यसका धेरै पाटाहरु छन र यसलाई प्रष्ट्याउन पनि आवश्यक छ । हो यो विषय हामीले आत्मसात पनि गरिसकेका छौँ । केही कमजोरी पक्कै भएका छन । अब विद्यार्थी आन्दोलनलाई उत्पादनसँग जोड्दै अघि बढ्नु पर्नेछ र यसको मुख्य अभिभारा अनेरास्ववियुसँग छ । विगतको हाम्रो नेतृत्वले देखाएको बाटो हामीले अबलम्बन गर्न सक्यौँ कि सकेनौँ भन्ने पनि छ । आउँदै गरेको स्ववियु निर्वाचनले पनि विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्नेमा कुनै शंका छैन । हामी विद्याथीलाई अनुशासित भएर पढ्न, गुरुहरुको सम्मान गर्न समेत सिकाइराखेका छौँ । र अब विद्यार्थीलाई उत्पादनसँग जोडेर प्रविधिमैत्री बनाउनुपर्छ भन्ने मान्यताको साथ अघि बढिरहेका छौँ ।

Advertisements

LEAVE A REPLY