नयाँ शक्ति नेपाल र संघीय समावादी फोरमको संयुक्त मागः चुनावको मिति फिर्ता गर

0
244

नयाँ शक्ति नेपाल र संघीय समावादी फोरम ले संयुक्त विज्ञप्ती जारी गर्दै चुनावको फिर्ता लिन माग गरेका छन् ।
नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समावादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ती जारी गर्दै चुनावको मिति फिर्ता लिन माग गरेका हुन् ।
भट्टराई र यादवले जारी गरेको संयुक्त विज्ञप्तीमा राजनीतिक दलहरुको भागबन्डा र सत्ता स्वार्थमा घोषणा गरिएको स्थानीय तहको चुनावको मिति घोषणा फिर्ता हुनुपर्ने उल्लेख छ । विज्ञप्तीमा चुनावबाहेक अरु ५ वटा माग पनि राखिएको छ ।
भट्टराई र यादवबीच बुधवार राती छलफल भएको थियो । त्यसपछि यस्तो विज्ञप्ती आज जारी गरिएको हो । यादव हिजो मात्र दिल्ली भ्रमणबाट फर्केका थिए । नयाँ शक्तिले हिजो मात्र विज्ञप्ती जारी गरेर चुनावका आधार तयार गर्न माग गरेको थियो ।

Advertisements

LEAVE A REPLY