स्वास्थ मन्त्री गगन थापा बाट संकल्प पोस्ट मासिक पत्रीका को सुभारम्भ:पत्रकारिता क्षेत्रका इतिहास पुरुषहरुलाई सम्मान

0
414

 

१२ फागुन, काठमाडौं । संकल्प पोष्ट संवाददाता,काठमाडौँ । मेग्नोलिया ग्रुप प्रा.लि.द्वारा सञ्चालनमा आउन लगेको संकल्प पोष्ट मासिक पत्रिका र संकल्प पोष्ट डट कम नामको अनलाइन  खबर पत्रिका बिहीवारबाट    शुभारम्भ भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको कार्यकक्षमा नेपाल सरकारका माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापाले औपाचारिक रुपमा दुवै विधाका पत्रिकाको सार्वजनिक  शुभारम्भ गर्नुभएको हो । सोही अवसरमा पत्रकारिता क्षेत्रका इतिहास पुरुषहरुलाई सम्मान समेत गरियो भने सम्मनित हुनेहरुमा नेपालका पहिलो सिनेमेटोग्राफर बखतबहादुर चित्रकार, वरिष्ठ फोटोग्राफर श्याम चित्रकार र रेडियो नेपालका समाचार विभाग प्रमुख खगेन्द्र खत्री हुनुहुन्छ ।

Advertisements

   सोही अवसरमा माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापाले आफू पनि पत्रकारिता क्षेत्रमा संलग्न रहेको पृष्ठभूमि सम्झाउँदै हल्का फुल्का सामग्रीका साथमा भन्दा पनि सत्यपरक अनि तथ्यपरक रुपमा अगि बढ्नका लागि संकल्प पोष्टलाई सुझाव समेत दिनुभयो ।उहाँले भन्नू भयो पत्रकारिता आफ्नो पनि रुचि को बिषय भएको र सुरुमा आफुले पनि पत्रकारिता बाट नै धेरै कुरा सिक्न सकेको कुरा बताउनु भयो साथै कतिपय पत्रीका ले खाली नकारात्मक कुरा जोडेर आफुलाइ अफ्ट्यारो पारेको गुनासो गर्दै आफ्नो पुरानो अनुभव सुनाउनु भयो ” मैले नेपाली भेडा हुन” भनी भने भन्दै गलत समाचार बनाएर बदनाम गराउने दुश्प्रयास गरियो र पछि तेहि समाचार को खन्डन गरेर सच्याउन खोजियो। गलत समाचार 20 हजार भन्दा बढीले लाइक गरे तर तेहि समाचार खन्डन पछी दुई सय जति ले मात्र लाइक गर्नुभयो तेसैले सहि सन्देश प्रवाह गर्न नसक्ने ले पीत पत्रकारिता गर्नु पत्रकारिता को धर्म भित्र रहदैन। सोही अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष एवम् वि.पि.कोइराला  मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सदस्य दिनेश कोइरालाले सकारात्मक समाचारसम्प्रेषण गर्नु भनेको नै असल पत्रकारिता गर्नु रहेको अभिव्यक्ति दिनुभयो । त्यसैगरी सम्मानित त्रयले पनि अहिलेको पुस्ताले आफूलाई सम्झनु नै सकारात्कम पक्ष रहेको बताउनुभयो । अर्कोतर्फ मेग्नोलिया ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक सेूर्यकान्त कोइरालाले भने इतिहास पुरुषहरुलाई सम्मान गर्न पाउँदा आफूलाई धेरै खुसि लागेको कुरामा जोड दिनुभयो भने सम्पादक अन्तरिक्ष अधिकारीले शुभारम्भ कार्यक्रममा प्राप्त भएका सम्पूर्ण सुझावलाई संकल्प पोष्टले संवेदनशील रुपमा लिने उल्लेख गर्नुभयो ।सोही कार्य क्रमलाई प्रेस यूनीयनका माहसचिब  अजय सिवाकोटी र डेमोक्रट सोसाइटीका माहासचिव श्याम सुन्दर सेढाई ले पनि सम्बोधन गर्नु भएको थियो । हेरौ सोही कार्यक्रमका केहि तस्विर हरुका झलकहरु——

 

LEAVE A REPLY