अब ईपीएस फारम अनलाईनबाट भर्न पाइने

0
276

काठमाडौँ, फागुन १२ गते वैदेशिक रोजगार विभाग, रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले आउँदो चैत गतेदेखि सन् २०१८ को कोरियन भाषा परीक्षाको अनलाइनमार्फत् फारम भर्न खुला गर्ने प्रस्ताव गरेको छ।

Advertisements

शाखाले कोरियास्थित मानव संशाधन विभागलाई इमेलमार्फत आउँदो चैत देखि १८ गतेसम्म ईपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझन प्रस्ताव गरेको हो। ईपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले चैत देखि १८ गतेसम्म ईपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई इमेलमार्फत् प्रस्ताव पठाइसकेको जानकारी गराउनुभयो।

उहाँका अनुसार यस पटकबाट अनलाइन प्रणालीबाटै फारम भर्ने सुविधा दिने तयारी भैरहेको छ। वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणालीको यसअघि नै विकास गरिसकेको जानकारी गराएको छ।

गत वर्ष नै अनलाइन प्रणाली विकास भइसके पनि सबै परीक्षण नसकिएकाले अघिल्लो वर्ष प्रयोग हुन नसकेको तर यसपटक प्रयोग गर्ने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो। अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनुपर्नेछ। बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइन फारमसब्मिटगर्न सकिनेछ। साथै यो फारम भर्न मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ।अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन्। कोरिया रोजगारीका लागि आकर्षक मुलुक मानिने भएकाले गत वर्ष कोरिया भाषा परीक्षामा झण्डै ६० हजारको सहभागिता रहेको थियो सन् २००८ यता ईपीएसमार्फत एक लाखभन्दा बढी नेपाली युवा दक्षिण कोरिया गइसकेका छन् ।न्युज साभार :गोरखापत्र

LEAVE A REPLY