अमेरिकी बैज्ञानिकले पृथ्वीकै आकारका सात वटा ग्रह पत्ता लगाए

0
206

काठमाडौँ, फागुन १३ गते ।अमेरिकी वैज्ञानिकले पृथ्वीकै आकारका सातवटा ग्रह पत्ता लगाएका छन् । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एउटा ताराको नजिकै पृथ्वी आकारको सातवटा ग्रह भएको पत्ता लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।नयाँ पत्ता लागेका सात वटै ग्रहको सतहमा पानी पाइने सम्भावना रहेको र यसमध्ये तीनवटामा जीवनकै सम्भावना रहेको बैज्ञानिकले दाबी गरेका छन् । नासाको स्पलिट्जर स्पेस दुरबीनको सहयोगमा यी ग्रहको खोजी गरिएको हो । यी ग्रहहरु ट्रयाप्पिस वन नामक ताराकै आसपासमा रहेको र सवै एकअर्काको नजिकै रहेको खबरमा उल्लेख छ । ट्रयाप्पिस वन नामको तारा एकदमै चिसो रहेकाले यी ग्रहमा पनि चिसो हावापानी रहेको अनुमान गरिएको छ ।

Advertisements

LEAVE A REPLY