कपिलवस्तुको हर्दौना क्षेत्र दिनभर तनावग्रस्त

0
208

१३ फागुन, तौलिहवा कपिलवस्तुकोे हर्दौना हर्दाैनामा एक बालिकालाई यौन दुर्व्यवहार भएको यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई स्थानीयले कारबाही गर्न खोज्दा प्रहरीसँग झडप हुँदा कपिलवस्तुको हर्दौना क्षेत्र दिनभर तनावग्रस्त भएको

Advertisements

बिहीबार खेतमा गोबर संकलन गर्न गएकी १२ वर्षीया एक बालिकालाई स्थानिय २८ वर्षीय सद्दाम पठानले बालिकालाई बलात्कार गर्न खोजेको स्थानीयको आरोप प्रहरीको अनुसार खेतमा बालिकाले गोबर संकलन गरिरहेको अवस्थामा सद्दामले हाथ समातेका थिए बालिका चिच्चाएपछि सद्दाम भागेर आफ्नै घरमा लुकेका थिए बिहीबारै सद्दामलाई सीमा प्रहरी चौकी हर्दौनाले पक्राउ गरेको ।स्थानीयले हामी आफैले कार्वाही गर्न पाउनुपर्छ भन्दै प्रहरी चौकी घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड अश्रुग्यास चार राउण्ड हवाइ फायर गरेको थियो स्थानीयले प्रहरीका तीनवटा गाडी तोडफोड गरेका छन् ना ४९४, बा २५६६ ना १३०२ नम्बरका गाडी तोडफोड भएको प्रहरीले जानकारी दिएको

झडपका क्रममा १३ जनाभन्दा बढी प्रहरी जना सर्वसाधारण घाइते भएका छन् घटनामा सीमा प्रहरी चौकी हर्दौना कपिलवस्तुका इञ्चार्ज सई प्रेमकुमार चौधरी, प्रहरी जवान गणेशमान खटिक, अर्जुन थापालगायत घाइते भएका कपिलवस्तुका डीएसपी प्रल्हाद अधिकारीले जानकारी दिए

स्थानीयले प्रहरीमाथि आक्रमण गरेपछि सदरमुकाम तौलिहवाबाट जिल्ला प्रहरी प्रमुख एसपी भोजजंग शाह नेतृत्वको थप फौज हर्दौना पुगेको थियो अन्य वटा प्रहरी चौकीबाट पनि प्रहरीहरु हर्दौना पुगेका छन्

LEAVE A REPLY